National Parents Home
राष्ट्रिय अभिभावक घर
स्वच्छ वातावरण, सिर्जनशिल समाज, कमर्ठ युवाबर्गले मात्र समाज, देश प्रगतिको पथमा लम्किन्छ र विशाल समृद्ध नेपालको परिकल्पना साकार हुन्छ । हाम्रो वरपरको वातावरण सफा राख्नु, खेर गईरहेको युवाउर्जालाई समानुपातिक ढंगले समाज विकासको बाटोमा लैजानु आजको युवाबर्गको प्रमुख दायित्व हो । ताकि भोली युवा तथा आजका बालबालिकाहरुले स्वच्छ वातावरण र समाजमा हुर्कन सकुन । हामीले आफ्नो घरपरिवार, समाज र देश आफैले निर्माण गर्ने हो, सुन्दर, शान्त, समृद्ध र विशाल बनाउने हो ।
समाज र राष्ट्रको सर्वतोमुखि विकासका लागि योग्य नागरिक, कमर्ठ युवा तथा स्वच्छ वातावरणमा हुर्किएका बालबालिकाहरुको आवश्यकता अनुसार नेपालको सामाजिक वातावरण, रहन—सहन र आर्थिक स्थितीलाई मूल्याकंन गर्दै यहाँका असहाय, अनाथ तथा जोखिममा परेका बालबालिकाहरुको संरक्षण सम्बद्र्धन, स्थानीय युवाशक्तिलाई समयोचित रुपमा परिचालन गरी सामाजिक उत्थानका लागि सामूहिक प्रयास गर्ने, बृद्धबृद्धाहरुलाई उचित सम्मान प्रदान गर्ने यस संस्थाको उद्देश्य अनुरुप नेपालका बिभिन्न जिल्ला तथा स्थानहरुमा जोखिममा परेको पिडित र असहाय बृद्धबृद्धाहरुका लागि हाल चन्द्रागिरी ८ मातातिर्थस्थित राष्ट्रिय अभिभावक घर स्थापना गर्ने तयारी गरिदैछ ।
उक्त भौतिक संरचना तयार गरिए पछि हाल बिभिन्न स्थानका ३५ जना बृद्धबृद्धाहरु सो घरमा संरक्षण दिईनेछ भने साथमा जोखिममा परेका पिडित १५ जना बालबालिकाहरुलाई पनि संरक्षण दिने तयारीका लागि आवश्यक कार्यहरु सञ्चालन भईरहेका छन ।
National Parents Home with Child Care Center
- Fundraising Program – 2023