About Us
- Home
- About Us
Lead Auditor in Food Quality, Food Security, Food Hygienic and Certification
हाईजेनिक परिकल्पनाकार डिजाईनर तथा संस्थापक निर्देशक
आजको समाज र संसारमा विकासको क्रममा अगाडी बढ्दै जादा हामी विकास सगै विनास पनि निम्त्याईरहेका छौ । किनकी यस समाज र विश्वमा मानिसको जन्मसिद्ध हक अधिकार भनेको नै गास बास र कपास हो । अर्थात मानिसलाई खानाका लागि आहार, बस्नका लागि बासस्थान र लगाउनका लागि कपडा चाहिन्छ । यो सबैले निर्वाद रुपमा पाउनु पर्छ ।
यहा गास बास र कपासको कुरा गर्दा हामीलाई सबै भन्दा महत्वपूर्ण कुरा भनेको नै गाँस अर्थात खाना आहार हो ।
आज संसारको मानवले शुद्ध आहार खाईरहेको अवस्था छैन । विकासे खानाको होडमा हाईब्रेट खाना आज सबैको अगाडी पाईन्छ । मानिस यस्तो प्राणी हो जो विश्वका खानाका धेरै परिकारहरुको विकास र उपभोग वा सेवन गर्न लालायित हुन्छ । तर हामीले विकास सगै आएको विनास लाई देखिरहेका छौ त ? यो गम्भिर प्रश्न हो ।
बिभिन्न परिकार र प्रकारका नाममा विकासे खानाको विकास गरिरहेको अवस्था छ । अस्तित्वले सबै प्राणीहरुका लागि उचित प्रकारका खानाहरुको ब्यवस्था गरेको छ । तर मानवले त्यहि शुद्ध खानालाई विकासको नाममा न्यूनगुणस्तरतिर लैजादैछ । यो आजको वास्तविकता हो ।
गुणस्तरीय हाईजेनिक खानाको स्थानमा आज बजार घर सबैतिर हाईब्रेट खानाको बिगबिगी छ । यसकारण यस्तो अवस्थालाई न्यूनीकरण गर्दै गुणस्तरीय आहारका लागि यस हाईजेनिक गुणस्तर प्रणालीको परिकल्पना गरिएको हो ।
हाईजेनिक गुणस्तर प्रणालीले पहिलो विषयमा आहार तथा खानालाई मुख्यरुपमा लिएको छ भने क्रमशः सबै विषय र क्षेत्रमा यो प्रणाली लागू गरिनेछ । किनकी हाम्रो समाज र विश्वमा कुनै एक विषयमा मात्र कार्य गरेर सबै ठिक हुन सक्दैन कारण सबै विषय र वस्तु एकअर्का संग गाभिएर गासिएर रहेका छन । जस्तो कि हामीले शुद्ध आहारको विषयमा कुरा गर्दा आहारको उत्पादन ब्यवस्थापन हुदै खाना तयार भएर खाना समायसम्म धेरै विषयहरु प्रवेश गरेर आउने गर्छ ।
हाईजेनिक गुणस्तर प्रणालीले पहिलो आहार खाना र क्रमशः सबै विषय र क्षेत्रमा हाईजेनिक गुणस्तर प्रणाली प्रमाणिकरण गर्दै शुद्धताको गोरेटोमा अगाडी बढ्ने छ । जसको कारण आजको संसारको जो अवस्था छ त्यसमा रहेको विसंगती विकृतिहरुलाई न्यूनीकरण गर्दै शान्त सुन्दर हाईजेनिक संसारको निमार्णमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
What We Actually Do
Consumer Rights, Quality Awareness, Human Rights, Social Network
उपभोक्ता अधिकार
उपभोक्ताको हक अधिकार, खाद्य सुरक्षा सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने ।
उपभोक्ताहरुको हकहित र विकासका लागि खाद्य चेतना जागरण कार्यक्रमहरुका साथै कृषि तथा खाद्य सूचना केन्द्र सञ्चालन गर्ने ।
— खाद्य उपभोक्ता जागरण कार्यक्रमहरु ।
— कृषि खाद्य सूचना केन्द्रको स्थापना र सञ्चालन ।
— हाईजेनिक गुणस्तर प्रणाली विकास र प्रवद्र्धन कार्यक्रम ।
— गुणस्तरीय खाद्य वस्तुको प्रचार—प्रसार र बजार ब्यवस्थापन ।
— खाद्यवस्तु तथा जडीबुट्टीहरुको खोज अनुसन्धान, अध्ययन ।
— हाईजेनिक अर्गानिक तालिम, सेमिनार, गोष्ठी सञ्चालन ।
— कृषि तथा खाद्य मैत्री पर्यटन प्रर्वद्धन कार्यक्रम ।
— राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा खाद्य मेला प्रदर्शनी कार्यक्रम
— गुुणस्तरहीन खाद्य वस्तु तथा मिसावट विरुद्ध बजार अनुगमन सर्वेक्षण र प्रतिवेदन सार्वजनीक कार्यक्रम ।
Our Leadership Team
We help businesses elevate their value through custom software development, Website Design & Development,
product design, Digital Marketing, SEO, Facebook Ads, Google Ads and consultancy services.
active Clients
projects done
team advisors
Glorious Years
Improve and Innovate
with the Tech Trends
We hire and build your own remote dedicated development teams tailored to your specific needs.